सिराहा । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएका उनका श्रीमान् मोहम्मद समरुदसँगै बिहीबार पनि खोलामै काम गरिरहेका बेला चट्याङ्ग लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मोहम्मद शमशेरले जानकारी दिए।
उनका अनुसार छोरीसहित खोलामा गिट्टी–बालुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान् र छोरी चाल्नो पुर्याउन अलि पर पुगेका बेला चट्याङ परेर ढलेकी उनको तत्काल मृत्यु भएको थियो । वडा अध्यक्षकाअनुसार शरीरमा ठुलो चोट नदेखिए पनि लगाएको सुरुवालको तल्लो भाग जलेको देखिएको छ।
खातुनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। उनीहरुको खोलामै गिट्टी–बालुवा चालेर जीविका चल्दै आएको थियो।खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको अध्यक्ष शमशेरले जानकारी दिए। खातुनको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु