काठमाडौँ । आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्द भएको छ ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल बर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन ।
नेपालले यस अघि पहिलो वार्म-अप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो । अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेसम्मको भूमिकाबाट मुक्त हुन्छु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
टी-२० त्रिकोणात्मक सिरिज: दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै
नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित
टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल