काठमाडौँ । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्म- अप खेल खेल्दै छ ।
डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।
नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म-अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यूएईमाथि नेपालको रोमाञ्चक जित
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकपको छनोटको तयारी : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज
नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण