काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ ।
‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्त विपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ,’ उनले भने, ‘सहकारी सानो सानो पुँजी र शक्तिलाई एकीकृत गरेर ठुलो पुँजी, शक्ति बनाउने माध्यम हो ।’
आम सहकारीका बचतकर्ता चिन्तित हुनुपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन