काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहजपुरमा गर्न नसकिने निष्कर्ष निकालेका छन् । आगामी वर्षको बजेट प्रस्तुतपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन ।’
सोही कारण, रुग्ण अवस्थामा रहेका उद्योगलाई चलाउनका लागि सरकारले नयाँ रणनीति लिने उनको भनाइ छ । अहिलेको अवस्थामा चलाउन नसक्ने भएपनि नयाँ रणनीति बनाएर भने चलाउन सकिने उनको भनाई छ ।
सरकारले पछिल्ला आर्थिक वर्षमा रुग्ण उद्योग चलाउने घोषणा गर्दै आइरहेको छ । तर घोषणामा नै सीमित यो योजना प्रत्येक सरकारले आफ्नो बजेटमा राख्दै आइरहेका छन् । तर पनि चलाउन भने सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट