द्वन्द्वपीडित र पूर्वलडाकुलाई आर्थिक सहायता दिन १ अर्बको कोष

आव २०८१/०८२ को बजेट

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : ५५
द्वन्द्वपीडित र पूर्वलडाकुलाई आर्थिक सहायता दिन १ अर्बको कोष

काठमाडौं। सरकारले बजेटमार्फत द्वन्द्वपीडित र पूर्वलडाकुलाई आर्थिक सहायता दिन १ अर्ब कोषको घोषणा गरेको छ ।मंगलवार संसदमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै द्वन्द्वपीडित र पूर्वलडाकुलाई आर्थिक सहायता र पुनःस्थापनाका लागि १ अर्ब कोषको घोषणा गरेका हुन् ।

यसअघि पीडितलाई दिइँदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको घोषणा अर्थमन्त्रीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस