मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि प्राथमिकता रहने जनाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नीतिमा स्वास्थ्य नीति लागु गरिने बताए ।
उनका अनुसार प्रदेश गौरवको आयोजना व्यवस्थित गरी कार्यान्वयन गरिने छ । एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई विस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गरिने छ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै कार्यान्वयन गरिने छ । स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाइने उनले बताए ।
बागमती विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ । प्रदेश परिचय विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्ने, व्यवहारिक र प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, स्थानीय तहसँगको समझदारीमा माध्यमिक विद्यालयहरूलाई आवासीय विद्यालयको रूपमा विकास गरिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा
बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त