काठमाडौँ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता पक्ष र प्रतिपक्ष दलहरूसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरू उठेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली काँग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी काँग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन आज सभापति लगायतका नेताहरूसँग छलफल गर्ने जानकारी दिए ।
काँग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरूले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत् अडान कायम राखेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान शासन व्यवस्थाको विकल्प छैनः प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
चुनावमा गरेको वाचा बिर्सिएको छैन : प्रचण्ड
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड