भोजपुर। भोजपुरको टेम्केमैयुङमा १ जनाको हत्या गरेको आरोपमा ६५ वर्षीय मणीप्रसाद राई पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका ४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।प्रहरीका अनुसार बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणीप्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु