काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको उक्त पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
बैठकले भ्रष्टाचार नियन्त्रण गर्न राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीहरूलाई जनकारबाही गर्ने निर्णय समेत गरेको छ । बैठकले यीसहित सात निर्णय गरेको छ ।
यस्ता छन् बैठकका निर्णयहरू
१. दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोर कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरिएको छ ।
२. विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारवाई गर्न गराउन सशक्त आन्दोलन गर्ने निर्णय गरिएको छ ।
३.विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय गरिएको छ ।
४.भ्रष्ट्राचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरिएको छ ।
५. बैङ्कहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित्त र सहकारीका ठगहरू विरुद्ध पीडित आम जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय गरिएको छ ।
६. शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ ।
७. उपत्यका विशेष कमिटी सहित सातै प्रदेशका इन्चार्जहरूमा निम्नानुसार जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्दै
आजपाले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा