काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका छन् । सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिएकाले यो सहकारीबन्धु गठबन्धन भएको उनले बताए । शुक्रबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हामीमाथि आरोप लगाउनु भएको होइन, कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खायो भनेर ? छानबिन समिति त्यसमा पनि बनाऔं ।’
गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा कांग्रेस नेताहरूमाथि आरोप लगाएको भन्दै उनले सबैमाथि छानबिन गर्न तयार रहेको बताए । ‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि महामन्त्रीमाथि ? दाजुमाथि हो कि भाउजूमाथि ? प्रत्येकमाथि छानबिन गर्नुस्’ उनले भने, ‘नाम, थर गोत्र लेख्नुस् । माइतीपट्टी पनि लेख्नुस्, ससुराली पनि लेख्नुस् । हाम्रो आपत्ति छैन ।’
२०४६ साल पछाडि सरकार गएकाहरूमाथि छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरूले संसद्मै प्रस्ताव दर्ता गरेको उनले स्मरण गरे । ‘कांग्रेसको प्रत्येकमाथि छानबिन गर्न माग गर्न म उभिएको छु’ उनले भने, ‘छानबिन गर्दा कोही दोषी देखियो भने उहाँ जेल जानुहुन्छ ।’
‘केही साथीहरुलाई के परेको छ भने हाम्रो सभापतिले केही गडबड गर्नुभएको छैन । उहाँ दोषी देखिनुभयो उहाँले राजनीति छाड्नुहुन्छ, हामी छाड्छौं’ रास्वपा नेताहरूतर्फ संकेत गर्दै उनले भने, ‘हामी छोड्दैनौं, यो सतिप्रथा होइन ।’
जो दोषी हो, ऊ जेल जाने भन्दै उनले भने, ‘संसारमा कहीँ नभएको कानुन यहाँ हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?
‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा
चार शक्तिशाली आयोग बनाउन विश्वप्रकाशको माग
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन