इलाम । इलाममा पौडी खेल्ने क्रममा स्थानीय माईखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।
बिहीबार साँझ पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो। पौडी खेलिरहेको अवस्थामा तीन जना बालकको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जानकारी दिए।
मृत्यु हुनेमा माई नगरपालिका–८ का बिक्रम लिम्बूका ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र सोही ठाउँका राजेन्द्र आङदाम्बेका आठ वर्षीय छोरा किस्मन आङदाम्बे छन्।
गाउँका पाँच जना बालबालिका बिहीबार दिउँसो माई नगरपालिका-८ बाँदर गाउँस्थित माईखोलामा पौडी खेल्न जाँदा घटना भएको हो। घर फर्किन ढिलो गरेपछि अभिभावकले उनीहरुको खोजी सुरु गरेका थिए।
त्यसक्रममा दुई बालकलाई प्रहरी र स्थानीयले नदीमा डुबेको अवस्थामा फेला परेका थिए। मिङसुहाङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो भने अर्का बालक किस्मतको घटनास्थलमै मृत्यु भएको डीएसपी जबेगुले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु