सुर्खेत । रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीबार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपट भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना तथा अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार ग१ज ८२४९ नम्बरको जिपले बाजुराको हिमाली गाउँपालिका–५, कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको थियो ।
दिउँसो १२ बजेतिर भएको उक्त दुर्घटनामा ९ जना विद्यार्थी, २ शिक्षक र एक जना चालक घाइते भएका छन् । विद्यार्थी र शिक्षक सबै सामान्य घाइते भएको र चालक गम्भीर घाइते भएको सूचना अधिकारी कार्कीले बताए ।चालकको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना