सुर्खेत । रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीबार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपट भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना तथा अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार ग१ज ८२४९ नम्बरको जिपले बाजुराको हिमाली गाउँपालिका–५, कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको थियो ।
दिउँसो १२ बजेतिर भएको उक्त दुर्घटनामा ९ जना विद्यार्थी, २ शिक्षक र एक जना चालक घाइते भएका छन् । विद्यार्थी र शिक्षक सबै सामान्य घाइते भएको र चालक गम्भीर घाइते भएको सूचना अधिकारी कार्कीले बताए ।चालकको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते