सिरोहियालाई ५ दिनको म्याद थप्न सिफारिस

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १४ : ०३
सिरोहियालाई ५ दिनको म्याद थप्न सिफारिस

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप्न अदालतलाई सिफारिस गरिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएका छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा उपस्थित गराएको छ। अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि पुनः अदालत पुर्‍याइएको छ ‌।