सिरोहिया पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १२ : ५३
सिरोहिया पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइएको छ ।

सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाको आव्हानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको हो । सरकारले प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरेको भन्दै बिहान ९ बजेदेखि एक घण्टा सडक जाम गरिएको थियो ।

अध्यक्ष सिरोहियालाई तत्काल रिहा गर्न, प्रधानमन्त्री र गृहमन्त्रीलाई राजीनामा दिन, सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न नागरिक समाज मिर्चैयाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस