एजेन्सी । हेलिकप्टरको भग्नावशेष भेटिएपछि इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएको आशंका गरिएको छ।
बीबीसीले राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको जनाएको छ।
इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो। इब्राहिम रायसीसँग यात्रामा इरानका विदेशमन्त्री हुसेन अमीरा बदुल्ला हियान पनि थिए।
‘इरानी राष्ट्रपति रायसी र उनका विदेश मन्त्री पहाडी भूभाग र हिउँको मौसममा हेलिकप्टर दुर्घटनामा बाँचेका छन् भन्ने आशा घट्दै गएको छ,’ एक इरानी अधिकारीले सोमबार खोज टोलीले भग्नावशेष फेला पारेपछि भने।
‘दुर्घटनामा राष्ट्रपति रायसीको हेलिकप्टर पूर्णरुपमा जलेको छ, दुर्भाग्यवश, सबै यात्रुको मृत्यु भएको आशंका छ,’ अधिकारीले भने।
उद्धार टोलीहरूले सोमबार बिहान पूर्वी अजरबैजान प्रान्तस्थित भग्नावशेषसम्म पुग्न रातभर हिमपात र कठिन भू–भाग पार गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ जेठ २०८१, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु