एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिमसहित मन्त्रीहरू अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर गएरातिदेखि हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ ।
हेलिकप्टरमा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत सवार थिए ।
हेलिकप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको समाचारमा उल्लेख छ । इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ, मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ ।
दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ गर्ने प्रयास गरेको थियो ।
धेरै मन्त्री र अधिकारी बोकेका अन्य दुई हेलिकप्टर भने सकुशल पुगेका छन् ।
राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनापछि इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले आफ्नो पहिलो वक्तव्यमा दुर्घटनाबाट इरानको प्रशासनलाई कुनै असर नपर्ने बताएका छन् ।
देशलाई सम्बोधन गरेको सन्देशमा खामेनीले इरानका जनतालाई चिन्ता नगर्न आग्रह गरेका हुन् । उनले सरकारको काममा असर नपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ जेठ २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ: इरान
यी मित्र राष्ट्रका लागि होर्मुज मार्ग खुला छ : इरान
वार्ताको प्रस्ताव राख्नु अमेरिकाको हार हो : इरानी विदेशमन्त्री
मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्नेछौँ :इरान
इरानले भन्यो: अमेरिकी एफ-३५ लडाकु विमानमा आक्रमण गर्यौँ
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण