एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिमसहित मन्त्रीहरू अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर गएरातिदेखि हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ ।
हेलिकप्टरमा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत सवार थिए ।
हेलिकप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको समाचारमा उल्लेख छ । इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ, मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ ।
दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ गर्ने प्रयास गरेको थियो ।
धेरै मन्त्री र अधिकारी बोकेका अन्य दुई हेलिकप्टर भने सकुशल पुगेका छन् ।
राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनापछि इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले आफ्नो पहिलो वक्तव्यमा दुर्घटनाबाट इरानको प्रशासनलाई कुनै असर नपर्ने बताएका छन् ।
देशलाई सम्बोधन गरेको सन्देशमा खामेनीले इरानका जनतालाई चिन्ता नगर्न आग्रह गरेका हुन् । उनले सरकारको काममा असर नपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ जेठ २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु