काठमाडौं । शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन आइतबार बढेको हाे । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको आत्मविश्वासमा केही बढोत्तरी भएको देखिन्छ । विशेषगरी मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु (सेयर) एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।
यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो
।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार