काठमाडौँ । काठमाडौँको चन्द्रागिरीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुर घर भएका ३२ वर्षीय सचिन राना छन् । उनको साथबाट ४८ ग्राम खैरो हेराइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।
महेन्द्रनगरबाट काठमाडौँ आएको बसमा सवार उनी नागढुंगा चेकप्वाइन्टबाट पक्राउ परेका हुन् । घटनाबारे प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ