काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् ।
सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्याएर दर्ता गर्ने तयारी भइरहेको बताए । जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् ।
यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरु जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरुले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् । प्रधानमन्त्री सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव