काठमाडौँ । नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी छन् ।
सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । काठमाडौँ महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ