काठमाडौँ । नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी छन् ।
सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । काठमाडौँ महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ