सिराहा । अख्तियारको कर्मचारी हुँ भन्दै विद्यालयहरूमा गएर शिक्षक तथा कर्मचारीलाई विभिन्न त्रास देखाएर धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरक–फरक नाम र ठेगाना बताउने उनलाई प्रहरीले गोलबजार नगरपालिका–३ स्थित आधारभूत विद्यालय जरुवाबाट पक्राउ गरेको हो ।
कहिले रामध्यानि त कहिले रामपुकार यादव र ठेगाना पनि कहिले विष्णुपुर त कहिले लहान बताउने ती व्यक्तिले अख्तियारको कर्मचारी हुँ भन्दै शिक्षकहरुसँग कागजपत्र माग्ने, कक्षा कोठामा गएर बस्ने, नयाँ वनेका भवनहरूको विवरण माग गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई आइतबार नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुनिल कार्कीले जानकारी दिए ।
इन्स्पेक्टर कार्कीले विभिन्न विद्यालयबाट यस्ता सूचनाहरू आइरहेका भए पनि आज शिक्षकहरूको सहयोगमा नियन्त्रणमा लिन सफल भएको बताए । नियन्त्रणमा लिए पनि उनको व्यक्तिगत विवरण खुल्ने कुनै कागजात फेला नपरेकाले यकिन गर्ने कार्य भइरहेको उनले बताए ।
पक्राउ परेका व्यक्ति गोलबजार, मिर्चैया, सुखीपुर लगायत क्षेत्रका विद्यालयहरूमा पुग्ने र शिक्षक तथा कर्मचारीलाई त्रसित पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ