काठमाडौं। संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभा बैठक प्रभावित बनेको हो।संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण जानकारी दिए ।
'आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११:०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ', जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
प्रतिनिधिसभा बैठक आधा घण्टासम्मका लागि स्थगित
संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध
प्रतिनिधि सभा बैठकको समय आधा घण्टा सर्यो
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित