ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १० : ५४
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार साँझ काठमाडौँको तारकेश्वर नगरपालिका-९ मनमैजुमा प्रहरी जवान घिमिरे मृत भेटिएका थिए । खोटाङको मजुवागढी गाउँपालिका-१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत विवरण आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस