काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् । प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्ष दलहरु सहमत भएका छन् । तर त्यसको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन ।
कार्यादेश टुंगो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । सो कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख