काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् ।
उनले भने– ‘रवि लामिछानेजीलाई हामीहरूले बोल्न नदिएको होइन । बोल्नुस् भनेर भनेकै हो । तर हामीहरूले के भनेको थियौ भने तपाईँले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ । होइन भने हामी तपाईँले बोलेको बोलीको खण्डन गर्छौं भनेर भन्दा पनि त्यो स्वीकार्य भएन ।’
उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने समेत बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने कोइरालाको भनाई छ । उनले उपप्रधानमन्त्री लामिछाने आफैँले संसद्मा उभिएर आफूमाथि लागेको सहकारी गुठी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने समेत बताए ।
‘हामीले राजीनामा मागेको छैन । हामी त के भन्छौँ भने उहाँ गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैनथियौ होला । किनभने सहकारीमा त तल्लो तप्काका मानिसहरूले पैसा जम्मा गरेकाे रकम अपचलन भएको हो नि त । जनताले सडकमा उठाएका मागहरूलाई हामीले सदनमा ल्याइदिएको हो’ कोइरालाले भने, ‘निष्पक्ष छानबिन त सांसदले गर्ने होइन होला । रविजीलाई जुन कुराको चार्ज लगाएका छन् । त्यो कुरा होइन भनेर उहाँले पुष्टि गरिदिनुपर्यो । त्यो पुष्टि हुनका लागि उहाँ मन्त्री नै हुनुहोस् । उपप्रधानमन्त्री नै बसिरहनु होस् । तर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?