कोशीमा मन्त्रालय बाँडफाँट टुंगियो, कसलाई कुन ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १६ : ४९
कोशीमा मन्त्रालय बाँडफाँट टुंगियो, कसलाई कुन ?

विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट टुंगिएको छ । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना मन्त्री परिषद्मा सहभागी हुने भएका हुन् ।मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बन्ने छन् । यस्तै सिर्जना राई राज्यमन्त्री बन्ने पक्का भएकी छन् । माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्ने पक्का भएको छ । माओवादीकी वन्दना झाँगडलाई राज्यमन्त्री बनाउने सहमति भएको छ ।

यस अघि मुख्यमन्त्री हिक्मत कार्कीले एमालेबाट राम राना मगर र गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए ।मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार एमालेबाट मन्त्री भएको एकराज कार्कीलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

पीके राई लाई सामाजिक विकास मन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यस अघि नै मन्त्री नियुक्त भएका राम रानालाई भने अर्थीक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति जुटेको छ ।

माओवादीबाट मन्त्री भएका गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरलाई पर्यटन बन तथा वातावरण मन्त्रालय र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

एमालेबाट राज्यमन्त्री बन्न लागेकी सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र माओवादीकी वन्दना झाँगडलाई पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस