काठमाडौं। काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका ९ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बैतडी पुरचौडी नगरपालिका १ घर भई हाल कीर्तिपुर ५ बस्ने २७ वर्षीय जयन्त धानुकलगायका छन् । अन्य ८ जनाको भने प्रहरीले परिचय खुलाएको छैन ।
प्रहरीले उनीहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार यही जेठ २ गते साँझ कीर्तिपुर नगरपालिका वडा १० नयाँ बजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिबी साध्ने क्रममा दुई समूहबीच झडप भएको थियो ।
झडपमा कीर्तिपुर १० चिट्टुबिहारका २४ वर्षीय साजिस श्रेष्ठको बायाँ हातमा गहिरो चोट लागेको छ ।काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगको कसुरमा दिन ५ को म्याद थप लिएर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ