काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय श्याम प्रसाद निरौला रहेका छन् ।उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरे पश्चात आत्मरक्षा र नियन्त्रणमा लिनका लागि प्रहरीले जवाफी फायर गर्दा श्याम सुन्दरलाई गोली लागि सामान्य घाइते भएकोमा प्रहरीको निग्रानीमा सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ ।
यसैगरी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित रामधुनी नगरपालिका–१ झुम्का बस्ने ३५ वर्षीय कन्त नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०२–०४३ प ९५५६ नम्बरको मोटरसाइकलका चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकपोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–१ धम्बोझी बस्ने २६ वर्षीय बृजेश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका–१५ बस्ने २० वर्षीय अरविन थारू सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ बर्दिबास बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ६० मिलिग्राम, स्पास्मो ४ हजार ८ सय पिस र पिजिएबि लेखिएको ९६ पिस ट्याब्लेटसहित बर्दिबास नगरपालिका–१४ बर्दिबास बस्ने ३९ वर्षीय ईश्वर साह र सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय दीपक महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश लागूऔषध नियन्त्रण ब्युरो जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ