बागलुङ । गएराति बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
बुधबार राति पौने ८ बजे ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाट अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप ढोरपाटन ५ को मस्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घाइतेमध्ये ढोरपाटन ५ की १९ वर्षीया शर्मिला भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ डीएसपी विजय यादवले जानकारी दिए।
घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन्। चालकले चिप्लो सडकमा ब्रेकफेल हुँदा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु