बागलुङ । गएराति बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
बुधबार राति पौने ८ बजे ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाट अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप ढोरपाटन ५ को मस्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घाइतेमध्ये ढोरपाटन ५ की १९ वर्षीया शर्मिला भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ डीएसपी विजय यादवले जानकारी दिए।
घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन्। चालकले चिप्लो सडकमा ब्रेकफेल हुँदा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु