काठमाडौँ । सत्तारुढ नेकपा एमालेका नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् । संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए ।
‘युवालाई रोजगारीसँग जोड्ने र खेतीयोग्य जमिनलाई उपयोगको नीतिलाई प्रोत्साहित गरेको छ । विदेशबाट फर्किएका युवालाई उद्योगमा जोड्ने कार्यक्रम ल्याइएको छ’, बर्तौलाले भने, ‘छोरीहरूलाई सशक्तीकरण कार्यक्रम ल्याइएको छ । यी कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट आउँछ या आउँदैन भन्ने सवाल छ ।’
उनले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई लामो समयसम्म सदनमा अवरोध नगर्न पनि आग्रह गरे । यसैगरी एमालेका सचिव योगेश भट्टराईले सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टीको साथ रहने बताए ।
सांसद भट्टराईले हरेक नीति तथा कार्यक्रमको जोखिम यसको प्रभावकारी कार्यान्वयनमा हुने भएकाले कार्यान्वयनमा जोड दिन सकिए प्रस्तुत कार्यक्रम सकारात्मक साबित हुने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
दुई अनुहारको न्याय : एमाले नेता महरलाई उन्मुक्ति, रास्वपा नेता पाँडेलाई हिरासतको बास
एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?