काठमाडौं। सरकारले सहकारी समस्या समाधान गर्न छुट्टै नियामक निकाय बनाउने भएको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा सहकारीका लागि छुट्टै विशिष्टिकृत संस्था बनाउने बताएका हुन् ।
'सहकारी नीतिलाई समयानुकूल बनाइन्छ', राष्ट्रपति पौडेलले भने, 'सहकारी नियमनका लागि छुट्टै विशिष्ट संस्था बनाइनेछ ।उनले सहकारीका लागि कर्जा निक्षेप सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र लगायतका संस्थाहरू बनाइने बताए ।
साथै उनले सरकारी स्वामित्वका सहकारीहरू एक आपसमा गाभिने गरी नीति ल्याइनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १६ : ०१
लेखकबाट थप