सहकारीमा एमालेको प्रभुत्व रहेको छ : प्रकाशशरण महत

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, १५ : ०७
सहकारीमा एमालेको प्रभुत्व रहेको छ : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारीमा नेकपा एमालेको प्रभुत्व बढी रहेको आरोप लगाएका छन् ।

संसदीय छानबिन समिति बनाउन सत्ता पक्षका अन्य दल तयार हुँदा पनि एमाले तयार नहुँदा उक्त दलप्रति आशङ्का बढेको उनले बताए । संसदीय छानबिन समितिको विपक्षमा एमाले देखिएको छ ।

‘ठूलो संलग्नता छानबिन समिति गर्नै हुन्न भनिरहनु भएको छ । उहाँको पनि धेरै ठूलो संलग्नताको आशङ्का पनि छ,’ एमालेप्रति संकेत गर्दै महतले भने, ‘यो त बिस्तारै बिस्तारै सबै देखिरहेको छ नि । सबै भन्दा ज्यादा प्रभुत्व उहाँहरूकै छ नि ।’

शीर्ष नेताको बैठक पछि प्रतिक्रिया दिँदै महतले काँग्रेसका नेताहरू संलग्न रहेको सहकारीमा कहीँ कतै समस्या नभएको महतले दाबी गरे । ‘दुरुपयोगमा हाम्रा साथीहरूको संलग्नता अहिलेसम्म पाएका छैनौँ,’ महतले भने, ‘कोही संलग्न छ भने छानबिनका लागि हामी तयार छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं छानबिन समितिप्रति लचक देखिँदा एमाले विपक्षमा देखिनु आश्चर्यजनक भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस