काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भयो ।
प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिए । उनले सत्ता घटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे । प्रधानमन्त्रीले आफू चितवनबाट फर्के लगत्तै संवाद सुरु गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए ।
उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिएका थिए । सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सनलायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे