काठमाडौँ । सदनको गतिरोध खुलाउनेलगायतको विषयमा सभामुख-प्रमुख सचेतक र सचेतकबीचको छलफल विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले मंगलबार संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।
बैठकबाट बाहिरिँदै नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्याएको बताए । उनले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने जिकिर गरे ।
‘सरकारले कसरी डिल गर्छ त्यसमा भर पर्छ । हामीले संसदीय समिति छानबिनको अडान सभामुखसमक्ष पनि दोहोर्याएका छौँ । प्रधानमन्त्रीले कुन मार्गबाट निकास दिनुहुन्छ । त्यो उहाँको काम हो’, उनले भने ।
सत्तारुढ घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत् नभएको जिकिर गरे । ‘नेपाली काँग्रेसले समितिको नाममा सरकार माग गरेको हो । त्यो सम्भव छैन । नेपाली काँग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन ।’
सहकारी ठगीमा संलग्नलाई कारबाही र बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि
संघीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे
राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता
जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम’ : सभामुख घिमिरे