कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वार्ड ७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो । दाउरा सङ्कलन गर्ने क्रममा आज कोइली खोलामा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।
उनी खोलामा बाढीले बगाएर ल्याएका दाउरा टिप्न श्रीमानसँगै गएकी थिइन् । स्थानीयका अनुसार उनका श्रीमान् श्रीमती मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए। प्रहरीले मृतकको शव निकालेर पोस्ट माटमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु