काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सहकारी पीडितको समस्या सरकारले सुन्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु उपयुक्त हुने सुझाएका हुन् ।
‘यत्रो आरोप लागेपछि आफैं राजीनामा दिएर छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्नुपर्ने हो’ उनले भने, ‘स्वयम् गृहमन्त्रीजी आफैं सचेत भएर सघाउनुपर्छ ।’उनले राज्यका निकायले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिनेजस्तो कार्य गरेकोमा विरोध गरे । ‘उल्टै उहाँलाई सफाइ दिनका लागि महान्याधिवक्ता, प्रहरीका प्रमुखहरूबाट क्लिनचिट दिने नाटक गरिंदैछ । यो प्रजातान्त्रिक शासनका लागि सुहाउने कुरा होइन’ उनले भने ।
नेपाली कांग्रेसले समेत गृहमन्त्रीमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागाउँदै आएको छ । गृह मन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही बेला राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले गृहमन्त्री लामिछानेलाई राजीनामा दिन सुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
प्रतिनिधिसभामा २३५ जना नयाँ अनुहारका सांसद