काठमाडौँ । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा