काठमाडौँ । नेपालले विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ । टी–२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टिमसँग भिड्नबाट वञ्चित बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् । यद्यपि, आइसिसीले आधिकारिक रूपमा सेड्यूल सार्वजनिक गरिसकेको छैन ।
नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ । दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा ११ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १४ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १६ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता