काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरुलाई संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
शुक्रबारदेखि सुरु हुने संसद बैठकपछि जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउने उल्लेख गर्दै ओलीले सरकारको उक्त नीति तथा कार्यक्रममाथि पार्टीको सचेत र लिडिङ भूमिका हुनुपर्ने बताए । ‘नीति तथा कार्यक्रममाथि हाम्रो सचेत र लिडिङ भूमिका हुनुपर्छ’, ओलीले भने ।
पार्टी विकासका अभियानलाई अघि बढाउने पक्षमा रहेको भन्दै सामाजिक न्यायको पक्षमा पनि रहेको बताए । यही नीतिलाई केन्द्रमा राखेर संसदमा प्रस्तुत हुनुपर्ने धारणा राख्दै ओलीले समग्र पक्ष देशको हितमा हुनेगरी एमाले अघि बढ्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी