किन आफैंले आफैंलाई गोली हाने प्रहरी जवान थापाले

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०७५, १७ : ३५
किन आफैंले आफैंलाई गोली हाने प्रहरी जवान  थापाले

स्याङ्जा ।  स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरीले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन् । 

नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान  आफैंलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जनाकारी दिए । 

प्रतिक्रिया दिनुहोस