कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १४ : १३
कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदारलाई यो वर्षको अन्त्यमा लैजाने गरी गृहकार्य भइरहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बताए ।

‘नेपाली श्रमिकहरूले दक्षिण कोरियाको अर्थतन्त्रका लागि योगदान गरिरहेका छन्,’ दक्षिण कोरियाली दूतावासले पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘नेपालबाट अहिलेसम्म ईपीएसअन्तर्गत उत्पादनमूलक, कृषि, सेवामूलक र शिक्षा क्षेत्रमा कामदार कोरिया गएका छन् ।’ दूतावासका अनुसार हालसम्म एक लाखभन्दा बढी नेपाली कोरियामा काम गरेर फर्किसकेका छन् ।

हाल ४४ हजार नेपाली कोरियामा कार्यरत रहेको दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस