विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीले दाबी पेस गरेसँगै प्रदेशसभा सदस्यहरूलाई सनाखत गराउन शुरु गरिएको छ ।मुख्यमन्त्रको रूपमा समर्थन गरेका ५२ जना कोशी प्रदेश सभा सदस्यहरू सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् ।
उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित गराई सनाखत गराउने काम भइरहेको छ । कोशी प्रदेशको सरकार गठनका लागि संविधानको धारा १६८ (५) बमोजिम हिजो सरकार गठनका लागि आह्वान भएको थियो ।
सरकार गठनकालागि माओवादीका १३ र एमालेका ३९ जना प्रदेश सभा सदस्यले कार्कीलाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन् । सनाखत पछि आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित