दश लाख बराबरको अवैध कपडा बरामद

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, ११ : ०१
दश लाख बराबरको अवैध कपडा बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ ।

प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ झापाबाट सशस्त्र प्रहरी नायव निरीक्षक देवकान्त चौधरीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त रकम बराबरको १० बोरा कपडा बरामद गरेको हो ।

मेचीनगर नगरपालिका वडा नम्वर १ भालुखोप स्थितबाट भारत देखि नेपाल तर्फ अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको १० बोरा कपडा नियन्त्रणमा लिई सो  सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस