काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले निर्वाचन आयोगले सर्वोच्च अदालतले केही दिनदेखि गरिरहेको गतिविधिप्रति आफू जानकार रहेको बताएका छन् ।
बुधबार गण्डकी प्रदेशका सांसदहरुसँग आफ्नै निजी निवास बुढानीलकण्ठमा कुराकारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा लागेको भन्दै सचेत रहन आग्रह गरेका छन् । देउवाले गण्डकीमा देखिएको समस्या र सत्तारुढ दल एकाएक विभाजन हुनु राम्रो नभएको बताएका छन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा सभामुखले ३० मतलाई बकहुमत घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत पुगेको छ । कांग्रेसका प्रदेश सांसदहरु सोही विषयमा कुरा गर्न देउवा निवास पुगेका हुन् ।
‘पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको देखिएको छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।
देउवाले सहकारी प्रकरणमा आफ्नो अडान यथावत रहेको जानकारी गराएका छ्न । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांगेसल निरन्तर आवाज उठाउँदै आएको छ । कांग्रेसले रास्वपाका सभापतिसमेत रहेका लामिछानेमाथि छानबिन गर्नुपर्ने माग निरन्तर उठाउँदै आएको छ ।
गण्डकीका सांसदहरुसँगको छलफलमा पनि देउवाले आफूहरुले आगामी वैशाख २८ गतेबाट सुरु हुने संसद्को अधिवेशमा पनि कुरा उठाउने बताएका छन् । ‘संसद प्रतिपक्षको हो, हामीले छोडिन्न । मैले हिजो पनि ओलीलाई भनेँ सहकारीमा ज्यान गए छोडिन्न । कहाँ छोड्छु म !’ देउवोल सांसदहरुसँग भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)