एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजापट्टीमा तत्काल स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गरेका छन्।
पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उनले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिनसमर्थन गरेको बताए।
युक्रेन संकटबारे राष्ट्रपति सीले धेरैपटक चीनले आफ्नो अडान राखिसकेको उनले बताए। ‘चीनले युक्रेन सङ्कट शुरु गरेको होइन, न त यो त्यसको पक्ष वा सहभागी हो’ उनले भने, ‘दर्शक बन्नुको साटो हामीले शान्तिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ।’
उनले युक्रेनको संकटलाई तेस्रो मुलुकलाई बदनाम गर्ने वा नयाँ शीत युद्धका लागि प्रयोग गर्ने प्रयासको विरोध गर्ने बताए। ‘हामी उचित समयमा एउटा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न समर्थन गर्छौँ जुन रुस र युक्रेन दुवैबाट मान्यताप्राप्त छ’, उनले भने, हामी युरोपमा सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा संरचनालाई समर्थन गर्दछौँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ बैशाख २०८१, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल