सुर्खेत । दैलेख सदरमुकाममा रहेको एउटा मोटरसाइकल ग्यारेज र फेन्सी स्टोरमा भीषण आगलागी भएको छ ।
दैलेख प्रहरीका अनुसार नारायण नगरपालिका –१ स्थित साजन अटो पार्ट्समा आगलागी भएको हो । ग्यारेजबाट नजिकैको फेन्सी पसलमा पनि आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आगलागीबाट ठुलो क्षति भएको जनाएको छ । दुई पसलको गरी लाखौँको क्षति भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
उनले आगो अहिले नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताए । यद्यपि आगो कसरी लाग्यो भन्ने विषय अहिलेसम्म जानकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि