ललितपुर आगलागी: घाइते पाँचै जनाको किष्टमा उपचार हुँदै

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, ११ : ५४
ललितपुर आगलागी: घाइते पाँचै जनाको किष्टमा उपचार हुँदै

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित बाफल भन्ने स्थानमा भएको आगलागीमा घाइते भएका पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।

प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ  । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् । उनीहरुको शरीरका भाग आगोले जलेको बताइएको छ ।

प्रहरीका अनुसार अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस