कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका-७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए।
शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्। घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु