चितवन । भरतपुर महानगरपालिकाले आकासे पानीको निकासका लागि बनाइएको नालामा तेल÷बोसोजन्य फोहोर मिसाए कारबाही गर्ने चेतावनी दिएको छ । नारायणगढको नाम चलेका होटलहरु भेटघाट रेष्टुरेण्ट, राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार र जमघट रेष्टुरेण्टलाई महानगरले पत्र पठाएर कारबाही गर्ने चेतावनी दिएको हो
होटलबाट निस्किने फोहोर नालामा मिसाएपछि नाला जाम भएर नारायणगढको लायसन्चोकदेखि शहिद चोकसम्मको क्षेत्र दुर्गन्धित भएको छ । स्थलगत निरीक्षण गर्दा होटलहरुले नालामा तेल एवम् बोसोजन्य फोहोर मिसाएको पाइएको भरतपुर महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले बताए । महानगरले होटल व्यवसायबाट निस्किने त्यस्ता फोहोरलाई सेफ्टी ट्यांकी बनाई व्यवस्थापन गर्न र तेल÷बोसोजन्य बाहेकका फोहोर पानीको निकासका लागि मात्र ढल प्रयोग गर्न निर्देशन दिएको छ ।
‘अन्यथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुने व्यहोरा अनुरोध छ’, पाण्डेले होटलहरुलाई पठाएको पत्रमा उल्लेख छ । महानगरले ती होटलहरुलाई वैशाख १८ गते नै पत्र पठाएको हो ।
बजार क्षेत्र नै दुर्गन्धित भएपछि स्थानीय अन्य व्यवसायीहरुले विरोध गरेका छन् । भरतपुर भ्रमण वर्ष मनाइरहँदा बजार क्षेत्र नै दुर्गन्धित गराउने काम भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम