चितवन । भरतपुर महानगरपालिकाले आकासे पानीको निकासका लागि बनाइएको नालामा तेल÷बोसोजन्य फोहोर मिसाए कारबाही गर्ने चेतावनी दिएको छ । नारायणगढको नाम चलेका होटलहरु भेटघाट रेष्टुरेण्ट, राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार र जमघट रेष्टुरेण्टलाई महानगरले पत्र पठाएर कारबाही गर्ने चेतावनी दिएको हो
होटलबाट निस्किने फोहोर नालामा मिसाएपछि नाला जाम भएर नारायणगढको लायसन्चोकदेखि शहिद चोकसम्मको क्षेत्र दुर्गन्धित भएको छ । स्थलगत निरीक्षण गर्दा होटलहरुले नालामा तेल एवम् बोसोजन्य फोहोर मिसाएको पाइएको भरतपुर महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले बताए । महानगरले होटल व्यवसायबाट निस्किने त्यस्ता फोहोरलाई सेफ्टी ट्यांकी बनाई व्यवस्थापन गर्न र तेल÷बोसोजन्य बाहेकका फोहोर पानीको निकासका लागि मात्र ढल प्रयोग गर्न निर्देशन दिएको छ ।
‘अन्यथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुने व्यहोरा अनुरोध छ’, पाण्डेले होटलहरुलाई पठाएको पत्रमा उल्लेख छ । महानगरले ती होटलहरुलाई वैशाख १८ गते नै पत्र पठाएको हो ।
बजार क्षेत्र नै दुर्गन्धित भएपछि स्थानीय अन्य व्यवसायीहरुले विरोध गरेका छन् । भरतपुर भ्रमण वर्ष मनाइरहँदा बजार क्षेत्र नै दुर्गन्धित गराउने काम भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना